बुधबार, वैशाख १२, २०८१

सुजिता ‘मिस युनिभर्स’मा भाग लिन उडिन् इजरायल

मेरोन्यूज २०७८ मंसिर १२ गते १४:१७

काठमाडौं । ‘मिस युनिभर्स नेपाल’ सुजिता बस्नेत इजरायल उडेकी छन् । ७०औँ ‘मिस युनिभर्स’ भाग लिन उनी शनिबार राती इजरायल हुईकेकी छिन् ।

उनले मिस युनिभर्समा नेपालको तर्फबाट उत्कृष्ट प्रस्तुति दिने उद्देश्य सहित आफू सहभागी हुन लागेको बताइन् ।


त्रिभुवन विमानस्थलमा आयोजक संस्थाकी प्रमुख नग्मा श्रेष्ठ लगायतका टिमले शुभकामना सहित उनलाई बिदाइ गरेका थिए ।

गत महिना राजधानीको होटल याक एन्ड यतिमा आयोजित ‘मिस युनिभर्स नेपाल’ को ग्रान्ड फिनालेमा उनले १५ प्रतियोगीलाई पछि पर्दै बस्नेतले ताज पहिरिएकी थिइन् ।
‘मिस युनिभर्स’ १२ डिसेम्बरमा आयोजना हुँदैछ । प्रतियोगितामा ७० बढी देशमा सुन्दरीहरूको सहभागिता रहनेछ ।

प्रतिक्रिया