बिहीबार, वैशाख १३, २०८१

आजको खेल जित्नै पर्ने दबाबमा नेपाल

मेरोन्यूज २०७८ मंसिर १२ गते ९:०६

काठमाडौँ । आइसीसी महिला टि–२० विश्वकप एसिया छनोटमा नेपाल दबाबमा परेको छ । नेपालले आज अन्तिम तथा निर्णायक खेलमा संयुक्त अरब इमिरेट्स (यूएई)लाई हराउनै पर्ने दबाबमा परेको हो ।

आजको खेलमा विजेता टोली शीर्ष स्थानमा हुँदै आगामी वर्ष हुने टि २० विश्वकप ग्लोबल छनोटमा स्थान बनाउने छ । दुवै टोली आफ्नो खेल जित्दै ग्लोबल छनोटमा स्थान बनाउने प्रसायमा रहेको छ ।

यूएई ४ खेलमा ४ जितका साथ ८ अंक बनाएर शीर्ष स्थानमा छ भने नेपाल ४ खेलमा ३ जित, १ हारसहित ६ अंकका साथ दोस्रो स्थानमा छ । नेपालले जितका साथै रन रेटमा समेत ध्यान दिनु पर्ने भएको छ ।

नेपाल पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित हुँदा दोस्रो खेलमा भुटानलाई ८ विकेटले हराएको थियो । यस्तै, कुवेतलाई ९ विकेटले पराजित गरेको थियो । अन्तिम खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको थियो ।

प्रतिक्रिया