बिहीबार, चैत १५, २०८०

तीव्र फैलियो कोरोनाको नयाँ भेरियन्ट, चार दिनभित्र नौ देशमा पुष्टि

मेरोन्यूज २०७८ मंसिर १२ गते ८:००

काठमाडौँ । कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रन’ (बि.१.१.५२९) देखा परेको चार दिनमा विश्वका नौ वटा देशमा देखा परेको छ । अन्य भेरियन्टको तुलनामा यो तीव्र गतिमा फैलिएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ ।

अहिले यो भेरियन्ट दक्षिण अफ्रिका, इजराइल, हङकङ, बोत्सवाना, बेल्जियम, जर्मनी, चेक रिपब्लिक, बेलायत र इटलीमा देखा परेको हो । दक्षिण अफ्रिकामा पहिलोपटक नोभेम्बर २४ मा पहिलोपटक यो भेरियन्ट देखा परेको डब्लुएचओले जानकारी दिएको थियो । डब्लुएचओले यस भेरियन्टलाई लिएर दक्षिण एशियाली देशमा विशेष सतर्कता अपनाउन निर्देशन दिएको थियो ।

शनिबार यो भेरियन्ट जर्मनी, ब्रिटेन र इटलीमा एकैपटक देखा परेको छ । जर्मनीका सामाजिक मामिला मन्त्री काई क्लोसले सामाजिक सञ्जालमार्फत यो भेरियन्ट आफ्नो देशमा देखा परेको जानकारी दिएका थिए ।

उनले दक्षिण अफ्रिकाबाट आएका दुई जना यात्रुको स्वास्थ्य परीक्षण गर्दा ओमिक्रनको देखा परेको बताएका छन् । उनीहरूलाई क्वारेन्टाइनमा राखिएको छ ।

यस्तै, बेलायतका हेल्थ सेक्रेटरीले ओमिक्रन दुई जनामा देखा परेको पुष्टि गरेका छन् ।

Advertisement

कुन देशमा कति संक्रमित

दक्षिण अफ्रिकामा पहिलोपटक नोभेम्बर २१ मा यो भाइरस देखा परेको हो । अहिलेसम्म यस भेरियन्टबाट ७७ जना संक्रमित भएका छन् ।

बोत्सवानाका चार जनामा यो भेरियन्ट देखा परेको छ । यस देशमा कोरोनाविरुद्ध सबैले खोप लगाएका छन् ।

हङकङमा दुई जनामा यो भेरियन्ट संक्रमण भएको पुष्टि भएको छ । उनीहरूलाई आइसोलेशनमा राखिएको छ ।

इजराइलका एक जनामा यो भेरियन्ट देखा परेको छ । उनी दक्षिण अफ्रिकाबाट पुगेका थिए ।

बेल्जियम र जर्मनीमा दुई-दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

चेक रिपब्लिकमा एक जनामा यो भाइरस देखा परेको छ ।

इटलीका एक जनामा यो भेरियन्ट देखा परेको छ । उनलाई क्वारेन्टाइनमा राखिएको छ ।

प्रतिक्रिया