बिहीबार, वैशाख १३, २०८१

‘ए’ डिभिजन लिगः मनाङ र च्यासल विजयी

मेरोन्यूज २०७८ मंसिर ११ गते २१:४५

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत शनिबार भएको खेलमा मनाङ मस्र्याङ्दी क्लब र च्यासल युथ क्लब विजयी भएका छन् ।

दशरथ रंगशालामा भएको शनिबारको पहिलो खेलमा च्यासलले नेपाल एपिएफ क्लबलाई १–० गोलले पराजित गरेको हो । च्यासलका रुमेश बर्तौलाले खेलको ४९ मिनेटमा गोल गरेका थिए । उक्त गोल नै जीतका लागि निर्णायक बन्यो ।

जारी लिगमा च्यासलको यो पहिलो जित हो । पहिलो खेलमा च्यासल थ्रीस्टारसँग पराजित भएको थियो ।

शनिवार नै भएको दोस्रो खेलमा मनाङले जीत निकालेको छ । मनाङले लगातार दोस्रो खेलमा जित निकालेको हो । मनाङले हिमालयन शेर्पा क्लबलाई १–० गोलले पराजित गरेको हो ।

मनाङको जीतमा ओलावाले खेलको ८४ औं मिनेटमा अफिजले गोल गरेका थिए । पहिलो हाफ गोलरहित बराबरी भएको थियो ।
यसअघि मनाङले पहिलो जावलाखेल युथ क्लबलाई १–० गोल अन्तरले नै पराजित गरेको थियो ।

प्रतिक्रिया