शनिबार, वैशाख ८, २०८१

रत्नपार्कका भाइरल मुकुन्देले गरे झापाकी इन्दिरासँग इन्गेजमेन्ट

मेरोन्यूज २०७८ मंसिर ११ गते २०:२६

काठमाडौं । कुनैबेला काठमाडौंको रत्नपार्कका भाइरल मुकुन्द घिमिरेले झापाकी इन्दिरा संग्रौलासँग इन्गेजमेन्ट गरेका छन् ।

रत्नपार्कमा राजनीतिक विषयमा कुरा गरेर चर्चा बटुल्ने गरेका घिमिरेलाई सो ठाउँमा बस्न प्रहरीले नदिएपछि एकाएक हराएका थिए ।

रत्नपार्कबाट हटे पनि पछिल्लो समय सामाजिक सञ्जालमा उनी भाइरल छन् । तिनै चर्चित मुकुन्द घिमिरेले झापाकी इन्दिरा संग्रौलासँग उनले औँठी र फूलमाला साटासाट गरेका हुन् । घिमिरे इन्गेजमेन्ट गरेको तस्बीर आफ्नो सामाजिक सञ्जाल फेसबुकमा राखेका छन् ।

इन्गेजमेन्टको तस्वीर सार्वजनिक गरे पनि उनले विवाहको मिति भने सार्वजनिक गरेका छैनन् ।

प्रतिक्रिया