शुक्रबार, वैशाख ७, २०८१

नवलपरासीमा सभापतिसहित पौडेल पक्ष बिजयी

मेरोन्यूज २०७८ मंसिर ११ गते १७:२७

काठमाडौं । पश्चिम नवलपरासी जिल्लामा नेपाली कांग्रेसका रामचन्द्र पौडेल समूहले सभापतिसहित बहुमत सदस्य जितेका छन् ।

पार्टीको १४ औं महाधिवेशनअन्तर्गत सम्पन्न जिल्ला अधिवेशनबाट सभापतिसहित बहुमत सदस्यमा पौडेल समूह विजयी भएको हो ।
नेपाली कांग्रेसको पौडेल समूहका सभापतिका उम्मेदवार अर्जुनकुमार पोखरेल ७५६ मत ल्याएर विजयी भएका हुन् ।

देउवा समूहका शर्मा १ सय ९५ मतअन्तरले पराजित भए । शर्माले ५६१ मत मात्रै ल्याए । सभापतिमा विजयी भएका पोखरेल यसअघि जिल्ला उपाध्यक्ष रहेका थिए ।

कांग्रेसको पदाधिकारीमा २/२ जना उपसभापति, सचिव र सहसचिव रहने प्रावधान छ । जसअनुसार उपसभापतिमा विक्रमप्रसाद यादव र अनिल गौड विजयी भएका छन् । सचिवमा कुलदीपप्रसाद आचार्य र उमेशचन्द्र यादव विजयी भएका छन् । सहसचिवमा दीपक बराल र सन्तबहादुर गाहा निर्वाचित भएका छन् ।

जिल्लामा देउवा गुटमा रहेका केन्द्रीय सदस्य एंव पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेलको एउटा गुट छ भने संविधानसभा सदस्यद्वय विक्रम खनाल र देवकरण जयसवालको संयुक्त गुट छ ।

प्रतिक्रिया