शनिबार, वैशाख ८, २०८१

एमाले महाधिवेशन

भीम रावल र घनश्याम भुसाल उम्मेदवारी दर्ता गर्ने तयारीमा

मेरोन्यूज २०७८ मंसिर ११ गते १५:३४

चितवन । नेकपा एमालेका नेता भीम रावल र घनश्याम भुसालले उम्मेदवारी दर्ता गर्ने तयारी गरेका छन् ।

एमालेका वर्तमान उपाध्यक्ष भीम रावलले पार्टी अध्यक्षमा तथा उपमहासचिव भुसालले उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गर्ने तयारी गरेका हुन् ।

एमालेको चितवनको सौराहामा जारी दशौं महाधिवेशनको बन्दसत्र शुरु हुनुअघि शनिवार सञ्चारकर्मीहरुसँग कुरा गर्दै रावलले अध्यक्षबाट पछि नहट्ने बताए । रावलले काठमाडौंबाट नै अध्यक्ष उम्मेदवारीको घोषणा गरेका थिए ।

अध्यक्ष केपी शर्मा ओलीले सहमति खोज्ने कुरामा कहाँ के कुरा भएको आफूलाई केही थाहा नभएको रावलले बताए ।

यस्तै, चितवन महाधिवेशनको उदघाटन समारोहमा पुगे लगत्तै एमालेका उपमहासचिव घनश्याम भूसालले उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका थिए ।

शुक्रबार नै उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका भुसालले शनिवार आफ्नो सामाजिक सञ्जालबाट उपाध्यक्ष पदमा उम्मेवारीको औपचारिक घोषषा गरेका छन् ।

उनले ‘दलाल पुँजीको अन्त्य र राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादको तयारी गरौं, सामुहिकता, विधि र विचारसहित नेकपा एमालेको पुनरोदय गरौँ’ भन्दै विचार प्रकट गरेका छन् ।

एमालेले भने दशौं महाधिवेशनको नारा ‘दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतावादलाई परास्त गरौं, जबजको मार्गदर्शनमा समाजवादको आधार सिर्जना गरौं’ भन्ने नारा तय गरेको छ ।

प्रतिक्रिया