बिहीबार, वैशाख ६, २०८१

भेरी अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु

मेरोन्यूज २०७८ मंसिर ११ गते १२:००

काठमाडौँ । नेपालगञ्जको भेरी अस्पतालमा उपचाररत दुई जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कोहलपुर ११ की ६४ वर्षीया महिला रहेकी छन् । कात्तिक २२ गते संक्रमण पुष्टि भई २४ गते अस्पताल भर्ना भएकी उनको शुक्रबार राति मृत्यु भएको अस्पतालले जनाएको छ ।

यसैगरी, कोहलपुरकै ६५ वर्षीय पुरुषको शुक्रबार मृत्यु भएको अस्पतालले जनाएको छ । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३४३ पुगेको छ ।

प्रतिक्रिया