शुक्रबार, चैत १६, २०८०

केपी ओलीको पक्षमा नारा जुलुस (भिडियोसहित)

मेरोन्यूज २०७८ मंसिर ११ गते १०:२६

काठमाडौँ । नेकपा एमालेको १० औँ महाधिवेशनको बन्दसत्र स्थलमा केपी शर्मा ओलीको पक्षमा नारा जुलुस सुरु भएको छ । पार्टीको नेतृत्व चयन गर्न शनिबार बिहान १० बजेदेखि सुरु हुन लागेको बन्दसत्रमा ओलीलाई पुनः पार्टीको अध्यक्ष बनाउनु पर्ने माग राख्दै नारा जुलुस भएको हो ।

चितवनको नारायणी नदी किनारमा शुक्रबारदेखि सुरु भएको महाधिवेशनमा आज बन्दसत्र हुने भएको हो । सौराहास्थित होटल सेभेन स्टारमा बन्दसत्र सुरु हुन लागेको हो । बन्दसत्र हुने स्थलमा बिहानैदेखि एमालेका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थित रहेको छ ।

बन्दसत्रमा अध्यक्ष केपी शर्मा ओली तथा विदेशी पाहुनाहरूले सम्बोधन गर्ने भएका छन् ।

Advertisement

प्रतिक्रिया