बुधबार, वैशाख १२, २०८१

चेक गणतन्त्रमा नयाँ प्रधानमन्त्री नियुक्त हुँदै

मेरोन्यूज २०७८ मंसिर ११ गते ९:२४

काठमाडौँ । कोरोना भाइरसबाट संक्रमित भएका चेक गणतन्त्रका राष्ट्रपतिले आइतबार मात्रै नयाँ प्रधानमन्त्री नियुक्त गर्ने भएका छन् । अस्पतालमा रहेका राष्ट्रपति मिलोस जेमान शनिबार अस्पतालबाट निवासमा फर्किने अस्पतालले जनाएको छ ।

अस्पतालबाट घर फर्किएलगत्तै उनले उदारवादी नेता पेट्रो फियालालाई प्रधानमन्त्रीको रूपमा नियुक्त गर्ने भएका छन् । उनका प्रवक्ताले शुक्रबार दिएको जानकारीअनुसार बाम झुकाव राख्ने ७७ वर्षीय राष्ट्रपति जेमान गत अक्टोबर १० मा अस्पताल भर्ना भएका थिए ।

आम निर्वाचन भएको भोलिपल्ट उनी अस्पताल भर्ना भएका हुन् । उनलाई कलेजोसम्बन्धी समस्यासमेत रहेकाले चिकित्सकले लामो समय अस्पतालमै राखेका हुन् ।

उनलाई भर्ना गरिएको पाराग्वे सैनिक विश्वविद्यालय अस्पतालले गत बिहीबार वक्तव्य जारी गर्दै उनी चाडै घर फर्किन सक्ने जनाएको थियो । स्थानीय समयअनुसार आगामी आइतबार बिहान ११ बजे फियालालाई जेमानले प्रधानमन्त्रीमा नियुक्त गर्ने कार्यक्रम तय भएको छ ।

राष्ट्रपति जेमानले कोरोनाविरुद्ध तीन ओटा खोप लगाइसकेका थिए ।

प्रतिक्रिया