शुक्रबार, वैशाख ७, २०८१

काठमाडौँको तापक्रम करिब ९ डिग्री सेल्सियसमा झर्‍यो

मेरोन्यूज २०७८ मंसिर ११ गते ८:०१

काठमाडौँ । बंगलादेश आसपासको न्यून चापीय प्रणालीका कारण नेपालको पूर्वी क्षेत्रमा असर परेको छ । शनिबार बिहान प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा बदली भई तराईका केही जिल्लामा तुवाँलो लागेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो दिनमा काठमाडौँसहित देशभर चिसो बढेको छ । पछिल्लो २४ घण्टामा काठमाडौँको न्यूनतम तापक्रम ८.८ डिग्री सेल्सियस छ ।

शनिबार दिउँसो प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा बदली रहने छ । ती क्षेत्रका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । यस्तै हिमाली भूभागमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया