शनिबार, वैशाख ८, २०८१

यो हप्ता तपाईको राशीफल

मेरोन्यूज २०७८ मंसिर ११ गते ६:११

आज २०७८ साल कार्तिक महिनाको ११ गते शनिबार । राशि अनुसार यो साता कस्तो रहने छ ? प्रस्तुत छ साप्ताहिक राशिफल ।

मेष
यस राशिका व्यक्तिहरुलाई यो साता सकारात्मक बन्ने छ । कार्यसफलता प्राप्त हुने छ । आँटेका कामहरु पुरा हुने तथा नतिजा दिने खालका बन्ने छन् । पेशागत जीवनमा मान मर्यादामा बृद्धि हुने छ । आम्दानीमा पनि बृद्धि देखा पर्ने छ । रिसको मात्रा भने बढ्न पुग्ने भएकाले यसबारेमा संयमित रहनु नै उपयुक्त होला । परिवारमा पनि केही तनावको अवस्था देखा पर्ने छ । विदेश यात्रामा उल्झनहरु देखा पर्न जाने छ ।

वृष
यस राशिका व्यक्तिहरुलाई यो साता औसत खालको देखा परेको छ । अघि बढाएका कामहरुमा सुधार आउने र सकारात्मक बन्ने छन् । सृजनशिल सोच र योजनाहरु आउने छन् । पेशागत जीवन औसत खालको रहने छ । आम्दानीको अवस्था पनि औसत प्रकृतिकै रहने छ । प्रेममा असफलता हात पर्ने छ । यसले गर्दा निराशा ल्याई दिने हुँदा सँहालिँदै अघि बढ्नु होला । रिस नियन्त्रणमा ध्यान दिनु पर्ने छ ।

मिथुन
यस राशिका व्यक्तिहरुलाई यो साता चुनौतिपूर्ण बन्न जाने छ । विभिन्न खाले आरोप खेप्नु पर्ने छ । पेशागत जीवनमा दोषको अवस्था आउने भएकाले संयमित रहँदै भुमिका निर्वाह गर्नु नै उपयुक्त हुने छ । व्यावसायको हकमा पनि नोक्सानी व्योहर्नु पर्ने चुनौति देखिएकाले ठिक्क जोखिम लिँदै अघि बढ्दा नै उपयुक्त हुने देखिन्छ । घर घडेरी बेच्नु पर्ने तथा वाहन सम्बन्धी विषयमा पनि समस्या उत्पन्न हुने छ ।

कर्कट
यस राशिका व्यक्तिहरुलाई यो सातामा केही सुधार देखा पर्ने छ । पेशागत जीवन पुरै सकारात्मक नबने पनि शुभ संकेत तथा नतिजाहरु देखा पर्न थाल्ने छन् । आम्दानीमा केही बृद्धि हुन थाल्ने छ । दाम्पत्य जीवनमा भने बादबिबादका मात्रा देखिने छ । बोलीको प्रभावले गर्दा अरुको विश्वास आर्जन गर्न सक्ने भएकाले अरुले पत्याउने छन् । मुद्धामामिलाको विषयमा सचेत रहनु होला ।

सिंह
यस राशिका व्यक्तिहरुलाई यो साता औसत खालको रहने छ । परिवारमा हासि खुशी तथा प्रेम बढ्ने छ । पेशागत जीवनमा थप जिम्मेबारी प्राप्त हुने छ । आम्दानीको हकमा भने औसत अवस्था रहने छ । यौन क्षेत्रमा कमजोरी देखिने भएकाले संयमित रहनु नै उत्तम उपाय रहने छ । नभए यस विषयमा विभिन्न आरोपहरु खेप्नु पर्ने छ । साथिभाइको विश्वास टुट्न जाने छ ।

कन्या
यस राशिका व्यक्तिहरुलाई यो साता सकारात्मक दिशामा जाने छ । आँटिलो खालको व्यक्तित्व बन्ने छ, जसले गर्दा अरुले हेप्न सक्ने छैनन् । विश्वासिला मित्रहरुले भने धोका खिने भएकाले निकै सतर्क रहनु होला । पेशागत जीवन ठिक्क गतिको मात्र कदम चाल्नु उपयुक्त हुने छ । बैदेशिक व्यापारमा आवद्धहरुलाई नाफाको मात्रा बढ्ने छ । प्रेममा सफलता मिल्ने छ ।

तुला
यस राशिका व्यक्तिहरुलाई यो साता औसतमा सकारात्मक प्रकृतिको रहने छ । परिवारमा हाँसिखुशी वातावरण रहने छ । परिवारका अरु सदस्यहरुले विश्वास गर्ने छन् । मनोबलले भरिएको व्यक्तित्व हुने भएकाले अरुको विश्वास छिट्टै प्राप्त हुने छ । दाम्पत्य जीवनको आड भरोषा कायम नै रहने छ । मुद्धा मामिला लाग्ने र प्रशासनिक निकायहरुमा धाउनु पर्ने जोखिम रहेकाले उच्च सतर्कतासहित पाइला भने चाल्नु होला ।

वृश्चिक
यस राशिका व्यक्तिहरुलाई यो साता चुनौतिपूर्ण रुपमा नै बित्ने छ । सामाजिक रुपमा बद्नामी वा अपमान सहनु पर्ने समय सक्रिय रहेकाले विशेष ध्यान दिनु होला । भाग्यका साथ नभएकाले मेहनत गर्दा पनि नतिजा निकै न्युन मात्र आउँदा पीडा थपिने छ । आफन्तबाट धोका हुने विषयमा सतर्क रहनु होला । आर्थिक कठिनाईको सामना गर्नु पर्दा सन्तुलन बिग्रने छ ।

धनु
यस राशिका व्यक्तिहरुलाई यो साता कठिनाईपूवर्क व्यथित गर्नु पर्ने छ । ऋणको अवस्था आउने छ । मुद्धा मामिलाका क्रम रही रहने छ । मानसिक दबाबका कारण पेशागत जीवनमा समेत असर पु¥याउने छ । सामाजिक रुपमा अपहेलनाको अवस्था आउन सक्ने भएकाले संयमित रही कदमहरु चाल्नु होला । परिवारमा भइरहेको विश्वासमा कमि आउने छ । दुःखको क्षणमा आड भरोषा भन्दा साथ छोड्ने क्रम देखा पर्ने छ ।

मकर
यस राशिका व्यक्तिहरुलाई यो साता सकारात्मक बन्ने छ । पेशागत जीवनमा छलाङ्गको अवस्था आउने छ । आर्थिक रुपमा पनि धन सम्पत्तिहरु प्राप्त हुने छन् । यसअघि गडेर बसेको धन फिर्ता हुने छ । तर परिवारमा भने कटुताको अवस्थाका कारण मानसिक खुशी र प्रेममा कमि आउने छ । जसले गर्दा जीवनप्रति नैराश्यताको अवस्था आउन सक्ने छ । सन्तानले भने साथ दिने छन् ।

कुम्भ
यस राशिका व्यक्तिहरुलाई यो साता औसत प्रकृतिको हुने छ । कार्य सफलता प्राप्त हुने छ । पेशागत जीवनमा नयाँ चरणको सफल वातावरण प्राप्त हुने छ । अपेक्षा गरेर बसेका विषयमा प्राप्ति हुने छ । पारीवारिक विश्वासमा भने कमि आउने छ । बोलीमा कडा पना आउने भएकाले यसले काम बिगार्ने छ । कडा मेहनत र परिश्रम गर्नु पर्ने छ । मनमा बेखुशीपनाका क्रमहरु देखिने छन् । आर्थिक पक्ष भने सवल नै रहने छ ।

मीन
यस राशिका व्यक्तिहरुलाई यो साता अनुकुल खालको हुने छ । व्यक्तित्वको प्रभाव बढ्ने छ । पेशागत जीवनमा पनि सन्तोष नै प्राप्त हुने छ । कमाई ठिक नै रहेता पनि खर्च भने बढ्न पुग्ने छ । धन सम्पत्ति डुब्न सक्ने खतरा देखिएकाले उच्च सतर्क रहनु होला । विभिन्न सभा सम्मेलन तथा सेमिनारहरुमा सहभागिता जनाउने अवसर मिल्ने छ । सवारीसाधनको आनन्द लिन पाइने छ । स्वास्थ्य समस्याले सताउला ।

(ज्यो. गुरु दिवाकर पन्त– ज्योतिषी, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् सम्पर्क– ९८१३६३७२३८)

प्रतिक्रिया