बिहीबार, वैशाख १३, २०८१

एमाले महाधिवेशनमा ड्रोनबाट खिचिएको तस्बीर (फोटोफिचर)

मेरोन्यूज २०७८ मंसिर १० गते १८:१२

चितवन । नेकपा एमालेले दशौं महाधिवेशनको उदघाटन कार्यक्रममा शुक्रबार लाखौं मानिस उतारेको छ ।

चितवनको सौराहा आयोजित महाधिवेशनका लागि एमालेले देशैभरबाट मानिसहरु ओसारेको थियो ।

पूर्व मेचीदेखि पश्चिम महाकालीका मानिसहरुले चितवनको सौराहा ढाकेको देखिन्थ्यो ।

शुक्रबार विहान १२ बजे महाधिवेशन उदघाटन समारोह हुने भएपछि त्यसअघि नारायणघाटको विभिन्न ठाउँबाट र्यालीहरु निकालिएका थिए ।

नारायणी पारी गैंडाकोट साइटबाट आएका कार्यकर्ताले नारायणी पुल पुरै ढाकिएको देखिन्थ्यो ।

२०६२/६३ को जनआन्दोलनपछि नारायणघाटमा यति मानिसहरु भिड देखिएको पहिलो पटक हो । चारैतिरबाट जम्मा भएका कार्यकर्ता मुख्य राजमार्गको मुख्य बजार क्षेत्रमा आइपुग्दा जनआन्दोलनकै आभाष दिइरहेको थियो ।

महाधिवेशनको उदघाटनसत्रमा आएका प्रतिनिधि पर्यवेक्षकबाहेक एमाले कार्यकर्ताहरु भने शुक्रबार साँझ नै जिल्ला फर्किएका छन् ।

प्रतिक्रिया