शुक्रबार, वैशाख ७, २०८१

विभिन्न जिल्लामा प्रहरीले नाङगो हस्ताक्षेप गर्यो : शेखर कोइराला

मेरोन्यूज २०७८ मंसिर १० गते १३:४७

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेस महाधिवेशन अन्तर्गत विभिन्न जिल्लामा प्रहरीले नाङगो हस्ताक्षेप गरेको बताएका छन् ।

कोइरालाले सामाजिक संजाल ट्विटरमार्फत वर्तमान सरकारले सत्ताको चरम दुरुपयोग गरेर जिल्लाहरुमा खटिएका निर्वाचन अधिकृतहरुलाई धम्क्याउने, तर्साउने र प्रहरीले बिच बाटोबाट पक्राउ गर्ने कार्यको म भर्त्सना समेत गरेका छन् ।


‘नेपाली कांग्रेसको जारी अधिवेशनमा रोल्पा, खोटाङ, रसुवा र रुपन्देहीमा प्रहरी प्रशासनको नाङ्गो हस्तक्षेप र अमर्यादित क्रियाकलाप देखियो, कोइलालले भनेका छन्, ‘कांग्रेस पार्टीको आन्तरिक लोकतान्त्रिक अभ्यासमा गृह प्रशासनको काम शान्ति सुरक्षा दिने मात्रै हो ।’
कोइराला १४औं महाधिवेशनमा सभापतिका प्रत्यासी हुन् ।

प्रतिक्रिया