शुक्रबार, वैशाख १४, २०८१

साइबेरियामा खानी दुर्घटना हुँदा ११ को मृत्यु, दर्जनौँ बेपत्ता

मेरोन्यूज २०७८ मंसिर १० गते ९:२८

काठमाडौँ । साइबेरियाको खानीमा भएको दुर्घटनामा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ । घटनामा दर्जनौँ बेपत्ता भएका छन् ।

खानीभित्र निसास्सिएर उनीहरुको मृत्यु भएको जनाइएको छ । बेपत्ता भएकाहरूको खोजी कार्य भइरहेको अधिकारीले जानकारी दिए ।

देशको केमेरोभो क्षेत्रमा पर्ने ग्रामोतेइनो गाउँमा रहेको खानीमा दुर्घटना भएको हो । दुर्घटनामा बेपत्ता भएका ४६ जनाको अहिले खोजी भइरहेको जनाइएको छ ।

प्रतिक्रिया