शनिबार, वैशाख ८, २०८१

निधिले भने -‘मंसिर २१ गते प्यानलसहित उम्मेदवारी दिन्छु’

मेरोन्यूज २०७८ मंसिर ९ गते १७:२५


काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिेशनका प्रत्यासी विमलेन्द्र निधिले मंसिर २१ गते प्यानलसहित महाधिवेशनका लागि उम्मेदवारी दर्ता गर्ने बताएका छन् ।
बिहीबार निधिले पार्टीको १४औँ महाधिवेशनमा सभापति पदका लागि औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेका हुन् ।

उनले कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी किन भनेर २३ बुँदे प्रतिवद्धतापत्र पनि सार्वजनिक गरेका छन् ।

कांग्रेसले बहुमत ल्याउन मलाई सभापति बनाउनुहोस् : नेता निधि (पत्रसहित)

उनले वैचारिक रूपमा स्पष्ट, गतिशील र जनतासँग जोडिने कांग्रेस निर्माणका लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।

म सभापतिमा उम्मेदवारी दिन्छु तर पछि पदिय सहमति हुन सक्छ : निधि
संविधानमा भएका तर कार्यान्वयनमा नभएका नेपाल प्रहरी र निजामितसम्बन्धी प्रदेशका अधिकार स्थापित गराउनेदेखि जनताको गुनासो सुन्न र सम्बन्धित निकायमा पुर्‍याउन जय नेपाल गुनासो सुनुवाइु सेवा आरम्भ गर्ने उनले घोषणा गरे ।

प्रतिक्रिया