शुक्रबार, चैत १६, २०८०

थप ३०८ जनामा कोरोना संक्रमण पुष्टि

मेरोन्यूज २०७८ मंसिर ९ गते १६:५५

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ३०८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ८ हजार ९०९ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २८१ र एन्टिजेन विधिबाट २७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

कोभिड–१९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ३ जनाको मृत्यु भएको छ । यही अवधिमा थप २९८ जना संक्रमणमुक्त भएका छन् । नेपाल हालसम्म कूल संक्रमितमध्ये ८ लाख १ हजार ४२० जना संक्रमणमुक्त भइसकेका छन् ।

नेपालमा निको हुने दर ९७।७ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल देशभर ७ हजार ३४९ जना सक्रिय संक्रमित रहेका छन् । हालसम्म देशभर ११ हजार ५१६ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया