शुक्रबार, वैशाख १४, २०८१

पुरञ्जन आचार्य महाधिवेशन प्रतिनिधिमा पराजित

मेरोन्यूज २०७८ मंसिर ९ गते १५:३४

काठमाडौं । सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका शेखर कोइरालका प्रचार प्रमुख पुरञ्जन आचार्य महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । मोरङ क्षेत्र नम्वर २ बाट उनी महाधिवेशन प्रतिनिधिको चुनावमा लज्जास्पद रुपमा पराजित भएका छन् ।

उनी शेखर कोइरालाको प्रचार अभियानमा अगुवा हुन् । कोइरालाकै जिल्लाबाट महाधिवेशन प्रतिनिधिमै पराजित भएपछि कोइराला निकै कमजोर भएका छन् । आज बिहान सम्पन्न मतगणनामा १० जना खुला महाधिवेशन प्रतिनिधिमा उनी २० औ नम्वरमा पुगेर पराजित भएका हुन् । आफ्नै जिल्लाबाट आफ्ना प्रचार अभियान्तनै पराजित भएपछि शेखरलाई ठूलो घाटा भएको छ ।

प्रतिक्रिया