शुक्रबार, वैशाख १४, २०८१

प्रधानन्यायाधीशलाई दबाव दिन सर्वोच्चदेखि बालुवाटारसम्म मार्चपास (तस्वीरहरु)

जुली गिरी २०७८ मंसिर ९ गते १५:२८

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको राजिनामा माग गर्दै विभिन्न पेश संगठनहरुले बालुवाटार न्याय मार्च सुरु गरेका छन् । नेपाल बार एशोसिएसनसहित ७ वटा संस्थाको अगुवाइमा बालुवाटार न्याय मार्च सुरु भएको हो ।

नेपाल बार एशोसिएसन, नेपाल पत्रकार महासंघ, नेपाल जनस्वास्थ्य संघ, नेपाल शिक्षक संघ, नेपाल इन्जिनियर्स एशोसिएसन र बृहत नागरिक आन्दोलनले सर्वोच्च अदालतदेखि बालुवाटारसम्म न्याय मार्च गर्न लागेका हुन् । मार्चमा सहभागीहरूले प्रधानन्यायाधीश जबराको राजीनामा र न्यायालय पुनःसंरचनाको माग गरेका हुन् ।

प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै आएका सर्वोच्चका न्यायाधीश र कानुन व्यवसायीहरुसहित ७ वटा संस्थाले जबरा र राजनीतिक दलहरुलाई दबाव दिन मार्चपास गरेका हुन् ।

जुली गिरी

मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।

प्रतिक्रिया