शुक्रबार, वैशाख ७, २०८१

म सभापतिमा उम्मेदवारी दिन्छु तर पछि पदिय सहमति हुन सक्छ : निधि

मेरोन्यूज २०७८ मंसिर ९ गते १५:१०

काठमाडौं । कांग्रेस सभापतिका प्रत्यासी बिमलेन्द्र निधिले अहिले पनि प्रकाशमान सिंह र शंशाक कोईरालासँग नियमित छलफलमै रहेको बताएका छन् । उनले शंशाक र प्रकाशमानसंग ७ पटक छलफल भएको तर शेखरसँग २ पटक छलफल भएको बताए ।

अहिले नितिमा छलफल भएको भन्दै उनले भविष्यमा पदिय सहमति पनि हुनसक्ने बताए । उनले आफू सभापतिमा उम्मेदवारी दिने बताए । उनले कतै प्यान र केही स्थानमा सहमति गरेर अघि बढिने बताए ।

उनले रामचन्द्र र शेरबहादुरलाई सम्मानसंग राख्नेबारे छलफल जानकारी गराए । उनले सभापति शेरबहादुरसँग छलफल नभएको बताए । रामचन्द्रभन्दा पनि पहिला शेरबहादुरको समर्थन चाहेको उनले बताए ।

प्रतिक्रिया