शुक्रबार, वैशाख १४, २०८१

ट्रकको ठक्करबाट मृत्यु भएकी महिलाको पहिचान खुल्यो

मेरोन्यूज २०७८ मंसिर ९ गते १५:००

कैलाली । कैलालीमा ट्रकको ठक्करबाट मृत्यु भएकी महिलाको सनाखत भएको छ । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक बामदेव गौतमका अनुसार टीकापुर नगरपालिका वडा नम्बर २ की ४० वर्षीया गोमा थापाको मृत्यु भएको हो ।

उनलाई पूर्वपश्चिम राजमार्गअन्तर्गत जिल्लाको लम्की बजारमा ना २ ख ९३७० नम्बरको ट्रकले ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट महिलाको घटनास्थलमै मृत्यु भएपछि राजमार्ग अवरुद्ध गरिएको छ ।

यस्तै स्थानीयले राजमार्गमा प्रदर्शन गर्न थालेका छन् भने भिड नियन्त्रण गर्न प्रहरीले आधा दजर्न बढी सेल अश्रुग्यास प्रहार गरेको छ । लम्की बजार पनि बन्द गरिएको छ । यस्तै स्थानीयले ठक्कर दिने ट्रकमा आगजनी गरेका छन् ।

प्रतिक्रिया