बिहीबार, चैत १५, २०८०

भुपेन्द्र बडुवालको हत्या आरोपीले बोक्ने दुई पेस्तोल बरामद

मेरोन्यूज २०७८ मंसिर ९ गते १४:३९

कैलाली । कैलालीको लम्कीचुहा नगरपालिका १ का २३ वर्षीय भूपेन्द्र बडुवालको हत्या प्रकरणका मुख्य योजनाकार नवीन रावलले प्रयोग गर्ने दुई पेस्तोल प्रहरीले बरामद गरेको छ । प्रहरीले टीकापुरस्थित सिद्धार्थ होटेलबाट रावल समूहले प्रयोग गर्ने दुई पेस्तोल बरामद गरेको हो ।

पेस्तोल होटेलको कोठाभित्रको शौचालयमा लुकाएको अवस्थामा प्रहरीले बरामद गरेको हो । बडुवाल हत्याका मुख्य योजनाकार रावल भने अझैं फरार छन् ।

यस्तै रावल समूहले हत्याको समयमा प्रयोग गरेका दुई मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ । प्रहरीले बर्दियास्थित रोयल एडभेन्चर रिसोर्टबाट घटनाको समयमा प्रयोग भएका दुई मोटरसाइकल बरामद गरेको हो ।

प्रहरीले सो रिसोर्टका सञ्चालक अतिश थापालाई पनि पक्राउ गरेको छ । भूपेन्द्र हत्या अनुसन्धानमा सीआईबी, प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालय कैलालीको टोली सक्रिय छ ।

हत्यामा संलग्न आरोपमा १६ जनाविरुद्ध किटानी जाहेरी परेको छ । उनीहरूमध्ये १० जना पक्राउ परिसकेका छन् ।

Advertisement

प्रतिक्रिया