शुक्रबार, वैशाख १४, २०८१

कांग्रेसले बहुमत ल्याउन मलाई सभापति बनाउनुहोस् : नेता निधि (पत्रसहित)

सञ्जिता खनाल २०७८ मंसिर ९ गते १४:११

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनका केन्द्रीय सभापतिका प्रत्यासी विमलेन्द्र निधिले प्रतिबद्धता र योजना सार्वजनिक गरेका छन् । बिहीबार आफ्नै सम्र्पक कार्यालय काठमाडौँमा उनले प्रतिबद्ता र योजना पत्र सार्वजनिक गरेका हुन ।

उनले आगामी निर्वाचन कांग्रेसले बहुमतको सरकार बनाउन पनि सभापति बनाउन आफूलाई जिताउन आग्रह गरेका हुन् । उनले कांग्रेसले मात्रै संविधानको स्वामित्व गर्न सक्ने धारणा राखे ।

निधिले हिमाल, पहाड र तराई मधेसमा बसोबास गर्ने किसान र श्रमिक विभेदमा परेका र सिमान्तकृत नागरिकको दुःखको साथी कांग्रेसलाई बनाउने बताए । उनले आफू सभापति भए कांग्रेसमा रुपान्तरण र पुस्तान्तरण प्रकृयालाई सहजीकण गर्ने बताए ।

उनले पार्टीभित्रको गुट उपगुटको अवस्थालाई उचित व्यवस्थापन गर्नु पर्ने बताए । उनले भने, ‘कांग्रेस चुनावमा हार्नु पनि गुट उपगुट एक हो ।’

‘अहिले सभापतिका आकांक्षी सबैसँग मैले छलफल गरेँ,’ उनले भने ।

हिमाल,पहाड र तराई मधेसमा बसोबास गर्ने किसान र श्रमिक विभेदमा परेका र सिमान्तकृत नागरिकको दुखको साथी कांग्रेसलाई बनाउने बताए ।
उनले आफु सभापति भएमा कांग्रेसमा रुपान्तरण ,पुस्तान्तरण र पुस्ता हस्तान्तरण प्रकृयालाई सहजिकण गर्ने बताएका छन् ।

उनका अनुसार पार्टीभित्रको गुट उपगुटको अवस्थालाई उचित व्यवस्थापन गर्नुपर्ने देखिन्छ ।


उनले भने,‘कांग्रेस चुनाबमा हार्नु पनि गुटउपगुट एक हो ।’

सञ्जिता खनाल

मेराेन्यूजकर्मी खनाल राजनीति र स्वास्थ्यसम्बन्धी विषयमा कलम चलाउँछिन् ।

प्रतिक्रिया