बिहीबार, चैत १५, २०८०

सुनको मूल्यमा सामान्य गिरावट

मेरोन्यूज २०७८ मंसिर ९ गते ११:२७

काठमाडौँ । सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोला सय रुपैयाँले घटेर ९१ हजार ७ सय कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार २ सय रुपैयाँ तोकिएको छ । यसको मूल्य बुधबार प्रतितोला ९१ हजार ३ सय कायम भएको थियो ।

त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँचले बढेर एक हजार २३० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

प्रतिक्रिया