बुधबार, वैशाख १२, २०८१

सर्वोच्चमा ‘फुलकोर्ट’को बैठक बस्दै

मेरोन्यूज २०७८ मंसिर ९ गते १०:३७

काठमाडौँ । सर्वोच्च अदालतमा बिहीबार फुलकोर्ट बैठक बस्ने भएको छ । गोला प्रथाद्वारा पेसी कहिलेदेखि तोक्ने भन्ने विषयमा निर्णय गर्न फुलकोर्ट बैठक बस्न लागेको हो ।

यसअघि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफ्नो ढंगबाट पेसी तोक्दै आएका थिए । गत बिहीबार बसेको फुलकोर्ट बैठकले गोला प्रथाद्वारा इजलास तोक्ने निर्णय गरेको थियो ।

उता, कानुन व्यवसायीहरूले प्रधानन्यायाधीश जबराको राजीनामा मागेर आन्दोलन गर्दै आएको छ । उनीमाथि न्यायालयको गरिमा कायम राख्न नसकेको, कुनै अमुक मुद्दा निश्चित न्यायाधीशको मात्र इजलासमा राखेको, कार्यपालिकामा भागबण्डा मागेको जस्तो आरोप लागेको छ ।

जबरासँग असन्तुष्ट भएका सर्वोच्चका न्यायायाधीश र कानून व्यवसायी उनीविरुद्ध आन्दोलनमा रहँदै आएका छन् ।

प्रतिक्रिया