बिहीबार, वैशाख ६, २०८१

कस्तो छ, मंसिर ९ गते तपाईको राशीफल

मेरोन्यूज २०७८ मंसिर ९ गते ६:११

आज २०७८ साल मंसिर महिनाको ९ गते बिहीबार, मंसिर कृष्णपक्षको षष्ठी तिथि ।

मेष
पेशागत जीवनमा केही सुधार देखिन जाने छ । चिन्तन भने फराकिलो र सबैको कल्याण होस् भन्ने खालको हुने छ । तर सो अनुरुपको बुझाई अरुको नरही दिँदा मनमा खिन्नता आउने छ । शारीरिक रुपमा कमजोरीहरु देखा पर्ने र रोग ब्याधिले सताउने छ । साझेदारीमा गरिएका कामबाट सन्तोष मिल्ने छ ।

वृष
प्रभावकारी सञ्चार स्थापित गर्न कठिन हुने छ । मनमा दृढताको कुनै कमि हुने छैन् तर सो अनुसारको शारीरिक सवलताको अभाव भने देखिने छ । आन्तरिक रुपमा बौद्धिक व्यक्तित्व हुने भए तापनि बाहिरबाट हेर्दा अरुले कमजोर महशुस गर्ने भएकाले अरुले हेप्न खोज्ने छन् । पेशागत जीवन अपेक्षाकृत स्थिर बन्न सक्ने छैन् ।

मिथुन
स्वास्थ्य अवस्थामा विचार पु¥याउनु होला । दाम्पत्य जीवनमा हल्का कटुताका क्रम देखा पर्ने छ । पेशागत जीवनमा सफलता प्राप्त हुने छ । कमाईमा पनि बढोत्तरी हुने छ । तर अरुबाट प्राप्त हुने विश्वासमा भने बृद्धि हुन नसक्दा अविश्वासी व्यक्तित्वका रुपमा चित्रण हुने छ ।

कर्कट
बोलीको प्रभावले गर्दा ठुलाबडाको विश्वास जित्न सकिने छ । पेशागत जीवन सवल हुने छ । अरुको विश्वास आर्जन गर्न सकिने छ । आम्दानीमा पनि केही बृद्धि नै हुने छ । मानसिक रुपमा ज्यादा थकानको महशुस हुँदा योजनामा राखिएका कामहरुमा अवरोध आउने छ ।

सिंह
भाग्य बलियो भएकाले प्रतिकुलतामा पनि मनोबल उच्च नै रहने छ । खर्च भन् धेरै हुन पुग्ने छ । आम्दानी भन्दा खर्चको अवस्थामा आउने बृद्धिले घर परिवारमा आर्थिक दबाब सृजना गर्ने छ । पेशागत जीवनमा सोच विचार गरेर मात्र पाइला बढाउनु होला । पैतृक सम्पत्तिका विषयमा झैझगडाका क्रम तिब्रतम हुने छन् ।

कन्या
व्यक्तित्वको कदमा पनि बृद्धि हुँदा सामाजिक रुपमा सद्भाव प्राप्त गर्न सकिने छ । तर रिस धेरै हुने भएकाले संयमित नभए कठिनाईबाट गुज्रनु पर्ने छ । पेशागत जीवन औसत र अनुकुल रहने छ । कमाई पनि बढ्ने छ । आफ्ना काममा मेहनत साथ काम गर्न मन लाग्ने छ ।

तुला
स्वास्थ्य अवस्था कमजोर रहने छ । पेशागत जीवनमा बाङ्गोटिङ्गो बाटोको यात्रा गर्नु पर्ने बाध्यता आउने छ । जसले गर्दा मनोबैज्ञानिक रुपमा दबाब महशुस हुने छ । पारिवारमा किचलो हुने र यसले इज्यत प्रतिष्ठामा आँच आउने छ । साथिभाइको साथ भने मिल्ने छ ।

वृश्चिक
परिवारमा सुमधुर वातावरणको कारण नयाँ नयाँ विचार र सृजना आउने छन् । पेशागत जीवन सामान्य गतिबाट अघि बढ्ने छ । औसत खालको कमाई हुने छ । साझेदारीमा गरिएका क्षेत्रमा विषयहरु जटिल देखिने छन् । विदेश यात्रामा जाने अवसर प्राप्त हुने छ ।

धनु
पेशागत जीवनबाट सन्तोष मिल्ने छ । थप जिम्मेबारी प्राप्त हुने छ । मनोबलमा गिरावट आउँदा प्राप्त जिम्मेबारीको कर्तव्यबोधप्रति आफैप्रति शंका उत्पन्न हुने छ । दृढ भएर पाइला चाल्ने आँट गर्नु नै उचित देखिन्छ । प्रतिष्पर्धात्मक स्वाभावमा कमि देखिँदा प्रतिष्पर्धीहरुले हेप्ने छन् । साझेदारीमा गरिएका क्षेत्रमा आर्थिक नोक्सानी व्योहर्नु पर्ने छ ।

मकर
भाग्यको साथ कम रहेकाले सामान्य गति अनुसार पाईला चाल्नु नै बुद्धिमानी ठहरिने छ । पेशागत जीवनमा सोचे जस्तो हुने छैन् । विभिन्न आरोप प्रत्यारोपको सामना गर्नु पर्ने छ । व्यक्तित्व दुविधात्मक हुने छ । आम्दानीमा केही बृद्धि हुने हुँदा आर्थिक प्रणाली भने अनुकुल नै रहने छ । घर परिवारमा पैतृक सम्पत्तिका विषयमा रडाको मच्चिने छ ।

कुम्भ
पारीवारिक सदस्यहरुबीच तनावको अवस्था विद्यमान रहने छ । पेशागत जीवन औसत रहने छ । आम्दानीमा पनि खास कुनै परिवर्तन आउने छैन् । मनको भावना अरुले बुझ्न सक्ने छैनन् । भाग्यहिनताका कारण बोलीको प्रभाव न्युन हुने छ । जथाभावी यात्रा गर्ने भन्दा कम यात्रा गरेकै राम्रो देखिन्छ । मनमा अदृश्य दबाब महशुस भइरहने छ ।

मीन
उत्पन्न परिस्थितिप्रति संघर्ष गर्ने दृढता आउने छ । पेशागत जीवन चुनौतिपूर्ण रहेकाले सोच विचार गरेर मात्र पाइला चाल्नु होला । साझेदारीमा तिक्तता आउने हुँदा आर्थिक चुनौति रहने छ । कमाईमा पनि गिरावट आउने छ । घर परिवारमा स्वास्थ्य अवस्था चुनौतिपूर्ण रहने छ । बद्नामीको अवस्था आउने भएकाले सतर्कता आवश्यक पर्ने देखिन्छ ।

(ज्यो. गुरु दिवाकर पन्त – ज्योतिषी, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् सम्पर्क– ९८१३६३७२३८)

प्रतिक्रिया