मंगलबार, वैशाख ४, २०८१

दिगो इलेक्ट्रोनिक विद्युतीय पिकअप गाडी बजारमा

मेरोन्यूज २०७८ मंसिर ८ गते १९:५०

काठमाडौं । दिगो इलेक्ट्रोनिक भेहिकलले विद्युतीय गाडी ज्याक इटी एट् गाडी नेपाली बजारमा ल्याएको छ ।

बुधबार काठमाडौंमा एक कार्यक्रम गरेर दिगो मोटर्सलेले ज्याक इटीएट् गाडी सार्वजनिक गरेको हो ।

ज्याक इटी ८ गाडीको नेपालमा ७२ लाख रुपैयाँ मूल्यमा पर्ने कम्पनीले बताएको छ । गाडी डिसी चार्जिङमा दुई घण्टा र एसी चार्जिङ साढे १६ घण्टामा फूल चार्ज हुने बताइएको छ । फूलचार्जमा गाडी ३०० किलोमिटर गुड्ने छ ।

पिकअफ एक सय १० किलोमिटर दिन्छ । ज्याक इटी एट् मालसामान ओसारपसारमा प्रयोग गर्न मिल्ने पिकअप गाडी हो । अधिकतम् ८०० किलोग्राम सम्म बोक्ने यो गाडि २५ डिग्रीको उकालोमा चढ्न सक्ने बताइएको छ ।

चाइनिज कम्पनी ज्याक मोटर्सले उत्पादन गरेको यो गाडी नेपालमा दि गो इलेक्ट्रोनिक बिक्री गर्नेछ । ११० किलोवाट विद्युत सञ्चय गर्ने यस गाडीमा लिथियम् आयोन फस्फेट ब्याट्री प्रयोग भएको छ ।

गाडीले ११० किलोवाट बिद्युतले ३३० एन्एम् टर्क क्षमता उत्पादन गर्दछ । ५ जना सम्म बस्न मिल्ने क्याबिन भएको यो गाडीमा सुरक्षाका अत्याधुनिक सुविधा र फिचर उपलब्ध रहेका छन् ।

प्रतिक्रिया