बिहीबार, वैशाख १३, २०८१

नेपालमा थप ३३२ जनामा कोरोना संक्रमण, चार जनाको मृत्यु

मेरोन्यूज २०७८ मंसिर ८ गते १६:५७

काठमाडौं । नेपालमा थप ३३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ९ हजार ९२० जनाको कोरोना परीक्षण गर्दा ३३२ जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

७ हजार ५९० जनाको पिसिआर परीक्षण र २३३० जनाको एन्टिजेन परीक्षण गरिएको थियो । मन्त्रालयकाअनुसार नेपालमा हाल ७ हजार ३६९ जना कोरोनाका सक्रिय संक्रमित छन् ।

यस्तै, कोरोना संक्रमण पुष्टी भएका थप चार जनाको पछिल्लो २४ घण्टाको अवधिमा मृत्यु भएको पनि मन्त्रालयले पुष्टी गरेको छ ।
योसँगै कोरोना संक्रमण पुष्टी भई मृत्यु हुनेको संख्या ११ हजार ४९३ पुगेको छ ।

पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा २३२ जना कोरोना संक्रमणमुक्त भएको पनि मन्त्रालयले जनाएको छ ।

यसैबीच, काठमाडौंमा १४४, ललितपुरमा २६ र भक्तपुरमा ११ जना गरी काठमाडौं उपत्यकामा बुधबार १८१ जना संक्रमित थपिएका छन् ।

प्रतिक्रिया