मंगलबार, वैशाख ११, २०८१

निजी क्षेत्र निजी स्वार्थ भन्दामाथि उठेर काम गर्नुपर्ने बेला आयोः अर्थमन्त्री

मेरोन्यूज २०७८ मंसिर ८ गते १६:०१

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले राजश्वले चालू खर्च पनि धान्न मुस्किल परेकाबेला निजी क्षेत्रले निजी स्वार्थ भन्दामाथि उठेर काम गर्नुपर्ने बेला भएको बताएका छन् ।

नेपाल आर्थिक पत्रका संघ (नाफिज)ले बुधबार काठमाडौंमा आयोजना गरेको आर्थिक पुनरूउत्थानमा सार्वजनिक निजी साझेदारी विषयक कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले देशको बजेट र बजेट प्रणाली समस्याग्रस्त अवस्थामा रहेको अवस्थामा निजी क्षेत्रले स्वार्थ भन्दा माथि उठेर काम गर्नुपर्ने बताए ।

अर्थमन्त्री शर्माले यस्तो अवस्थामा निजी क्षेत्रको प्राथमिकता राष्ट्र निर्माण र आर्थिक विकासमा केन्द्रित हुनुपर्नेमा जोड दिए ।
अर्थमन्त्री शर्माले नीजी क्षेत्रको लगानि राष्ट्र निर्माण र आर्थिक विकासमा आधारित हुनु पर्ने बताए ।

अर्थमन्त्री शर्माले निजी क्षेत्रका केही ब्यावसायी आफ्नो स्वार्थमा लागे पनि आम निजी क्षेत्र आर्थिक विकास र राष्ट्र निर्माणमा रहेको बताए ।
देशको बजेट र बजेट प्रणाली समस्याग्रस्त अवस्थामा रहेकोले कोभिड पछिको आर्थिक पुनरूउत्थानमा निजी क्षेत्रले खोजेजस्तो सहुलियत दिन नसकेको मन्त्री शर्माको भनाई छ ।

अर्थमन्त्री शर्माले मुलुकको आर्थिक विकासमा निजी क्षेत्रको भूमिका प्रसंशायोग्य भएको बताए । उनले अब सरकारसँग मिलेर ठूला पुर्वाधार निर्माणमा लगानी गर्न निजी क्षेत्रलाई आग्रह गर्नुभयो ।

त्यस्तै, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सीसीडी रेसियो हटाएकोले अहिले बजारमा तरलताको अभाव नभएको बताए ।
गभर्नर अधिकारीले हामीले अहिले बजारमा भइरहेको तरलताको विषयमा सीसीडी र तरलतालाई तुलना गर्न नहुने बताए ।

उनले तरलता लामो समयदेखि समस्याको विषय भएको र कर्जाको माग बढेकोले पनि तरलताको समस्या देखिएको बताए ।

गभर्नर अधिकारीले विश्व अर्थतन्त्र ५.९ प्रतिशतले विस्तार हुने प्रक्षेपण भइरहेको बताए । उनले नेपालमा पनि कोभिडपछि अर्थतन्त्रमा राम्रो रिकभरी भएको बताए । अहिले समग्र माग बढ्दा मूल्यवृद्धिमा चाप गर्दा मूल्यवृद्धि ६.५ प्रतिशतमा रहने अनुमान गरिएको समेत उनले बताए ।

त्यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपाल राष्ट्र बैंकले कोरोना महामारीको अवस्थामा राम्रो काम गरेकाले अर्थतन्त्र चाडै माथि उठ्न सक्ने अवस्थामा पुगेको बताए ।

अध्यक्ष गोल्छाले सरकारको तर्फबाट स्टीमुलस प्याकेज आउन नसकेको बताए ।

त्यस्तै, अध्यक्ष गोल्छाले नेपालमा पूर्वाधार विकासका लागि अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) सहयोग लिनुपर्नेमा पनि जोड दिएका थिए ।

साथै, कार्यक्रममा अर्थमन्त्री शर्माले आर्थिक पत्रकार केशव गौतमलाई सम्मान गर्नुका साथै आर्थिक जर्नल ‘अर्थचित्र’ विमोचन गरेका थिए ।

प्रतिक्रिया