सोमबार, जेठ ७, २०८१

कांग्रेसको जिल्ला अधिवेशन: २६ मा १४ जिल्लामा देउवा समुहका सभापति

सञ्जिता खनाल २०७८ मंसिर ८ गते १४:४६

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत २६ जिल्लामा अधिवेशन सकिएको छ । दशंै अघि १४ हिमाली जिल्लामा अधिवेशन सकिएको थियो ।

Advertisement

एक मात्र निर्वाचन क्षेत्र भएका जिल्लामा मंसिर ६ गतेबाट अधिवेशन भएकोमा २१ मध्ये १२ जिल्लाको नतिजा आएको केन्द्रिय निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिका एक सदस्यका अनुसार अहिलेसम्म २६ जिल्लाको मत परिमाण आइसकेको र अन्यकोे आउँने क्रममा जारी छ ।

मंसिर १० मा एकभन्दा बढी संघीय निर्वाचन क्षेत्र भएका जिल्लामा कांग्रेसले जिल्ला अधिवेशन हँुदैछ । पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको मतपरिणाममा जिल्ला सभापतिमा देउवा पक्ष अगाडि देखिएको छ ।

यद्यपी देउवा र पौडेल पक्षले सर्वसम्मत रूपमा सभापति जितेकाहरू भने आ–आफ्नो पक्षका दाबी गर्दै आएका छन् ।

पौडेल– कोइराला पक्षले जितेका जिल्ला सभापति
भोजपुर, सभापति-विनोद वान्तवा (पौडेलभित्र पनि कोइराला परिवा निकट)
अर्घाखाँची, सभापति-केशव श्रेष्ठ
बैतडी, सभापति-चतुरबहादुर चन्द
दोलखा, सभापति-बर्मा लामा (कोइराला परिवार निकट)
गोरखा, सभापति-नन्दप्रसाद न्यौपाने (गगन थापा निकट)
रूकुमपूर्व, सभापति-केशरमान रोका
कालिकोट, सभापति-अम्बबहादुर शाही
संखुवासभा, सभापति-दीपक खड्का (शंशाक कोइराला निकट)
मुस्ताङ, सभापति-रोमी गौचन थकाली
प्युठान, सभापति-विष्णुकुमार गिरी
बाजुरा, सभापति-रामसिंह रावल
तेह्रथुङ, सभापति-अजुर्न बहादुर तुम्हाम्फे (कोइराला परिवार निकट)

देउवा पक्षले जितेका जिल्ला र सभापतिः
पाँचथर, सभापति-रूपनारायण जवेगु
ताप्लेजुङ, सभापति-गजेन्द्रप्रसाद तुम्याहाङ
लमजुङ, सभापति-टकराज गुरूङ
सल्यान, सभापति-केशवबहादुर विष्ट
डोल्पा, सभापति-दीपेन्द्रबहादुर शाही
डडेल्धुरा, सभापति-भीमबहादुर साउद
जुम्ला, सभापति-कर्णबहादुर शाही
म्याग्दी, सभापति-खमबहादुर गर्बुजा
मुगु, सभापति-ऐनबहादुर शाही
मनाङ, सभापति-शंकर गुरूङ देउवा
हुम्ला, सभापति-मोहनविक्रम सिंह
बझाङ, सभापति-खडक बोहरा
रामेछाप, सभापति-पूर्णबहादुर (कान्छाराम) तामाङ
जाजरकोट, सभापति-बेदराज सिंह

सञ्जिता खनाल

मेराेन्यूजकर्मी खनाल राजनीति र स्वास्थ्यसम्बन्धी विषयमा कलम चलाउँछिन् ।

प्रतिक्रिया