बिहीबार, चैत १५, २०८०

बाइडेनले लोकतन्त्रबारे भर्चुअल शिखर सम्मेलन गर्दै

मेरोन्यूज २०७८ मंसिर ८ गते १०:०४

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले लोकतन्त्रबारे भर्चुअल शिखर सम्मेलन गर्दैछन् । उनले ९–१० डिसेम्बरमा शिखर सम्मेलन गर्न लागेका हुन् ।

लोकतन्त्रबारे हुने शिखर सम्मेलनका लागि बाइडेनले संसारभरीका ११० देशलाई निम्तो पठाएका छन् । तर बाइडेनले शिखर सम्मेलनका लागि चीनलाई निम्तो दिएका छैनन् ।

अमेरिकी विदेश विभागका अनुसार ताइवानलाई पनि निम्तो पठाएएको छ भने चीन र टर्कीलाई अमेरिकाले निमन्त्रणा पठाएको छैन । यस्तै बाइडेनले रुस, अफगानिस्तान, बंगलादेश, श्रीलंकालाई पनि निम्तो दिएका छैनन् ।

प्रतिक्रिया