बुधबार, वैशाख १२, २०८१

म्यानचेष्टर युनाइटेड च्याम्पियन्स लिगको अन्तिम १६ मा

मेरोन्यूज २०७८ मंसिर ८ गते ७:२४

एजेन्सी । इंग्लिस क्लब म्यानचेष्टर युनाइटेड युईएफए च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगेको छ । मंगलबार राति भएको खेलमा युनाइटेडले स्पेनिस क्लब भिल्लारियललाई २-० ले हराउदै च्याम्पियन्स लिगको नकआउट चरणमा पुगेको हो ।

युनाइटेडको जितमा स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो र जाडोन सान्चोले १-१गोल गरे । मुख्य प्रशिक्षक ओले गनर सोल्सायरलाई बर्खास्त गरेपछिको पहिलो खेलमै म्यानचेष्टर युनाइटेडले विजयी सुरुवात गरेको हो । अन्तरिम प्रशिक्षक माइकल क्यारिकले पहिलो प्रशिक्षणमा युनाइटेडलाई जित दिलाउन सफल भए ।

समूह ‘एफ’ को अर्को खेलमा योङ ब्वाइज र एटलान्टाले ३–३ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । समूहमा एक खेल बाँकी रहँदा युनाइटेड ५ खेलबाट १० अंक बनाएर शीर्ष स्थानमा छ । पराजित भिल्लारियलसँग ७ अंक छ । एटलान्टाको ६ तथा योङ ब्वाइजको ४ अंकसहित क्रमशः तेस्रो र चौथो स्थानमा छन् ।

प्रतिक्रिया