शुक्रबार, चैत १६, २०८०

एनआरएनले अब नेपालमा डलर खाता खोल्न पाउने

मेरोन्यूज २०७८ मंसिर ७ गते २०:४५

काठमाडौं । गैरआवासीय नेपाली (एनआरएनए) ले अब नेपालमा डलर खाता खोल्न पाउने भएका छन् ।

वित्तीय परिचालनका लागि डलरमै डिपोजिट र विथड्र गर्न मिल्ने गरी एनआरएनएहरुलाई खाता खोल्ने सुविधा प्रदान गर्ने सरकारको तयारी रहेको अर्थमन्त्री जनार्दन शर्माले बताए ।

मंगलबार राष्ट्र बैंकमा आयोजित वित्तीय क्षेत्रको समसामयिक अवस्थाबारे समीक्षात्मक कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले यस्तो व्यवस्था विदेशी मुद्रा सञ्चितिको अवस्थालाई सन्तुलनमा राख्न पनि गर्नुपर्ने बताए ।

डलरमै पैसा राख्न पाउने, ब्याज पाउने र उता लैजान समेत पाउने सहज वातावरण मिलाएमा पैसा आउने मन्त्री शर्माले विश्वास ब्यक्त गरे ।

हामी डिजिटल कारोबारमै जान नसकेको उनले स्वीकार गरे । पूर्ण रूपमा डिजिटल कारोबारमा जानलाई डिजिटल साक्षरता आवश्यक हुने पनि उनले बताए ।

प्रतिक्रिया