बिहीबार, वैशाख १३, २०८१

कञ्चनपुरमा कांग्रेस संस्थापन पक्षबीच नै प्रतिस्पर्धा

एनपी साउदको पकेटका सिंहले बाजी मारे

मेरोन्यूज २०७८ मंसिर ७ गते १५:१३

काठमाडौं । कञ्चनपुरमा नेपाली कांग्रेसको संस्थापन पक्षबीच नै प्रतिष्पर्धा देखिएको छ ।

प्रदेशसभा क्षेत्रीय अधिवेशनमा केन्द्रीय सदस्य एनपी साउद र रमेश लेखकको प्यानल भिडेका छन् । परिणातः संस्थापन पक्षले संस्थापनलाई नै हराएको छ । कञ्चनपुरको २ मा लेखक पक्षलाई साउदको प्यानलले हराएको छ ।

कञ्चनपुर २ मा साउद पक्षबाट सभापतिमा भिडेका लालबहादुर सिंह विजयी भएका हुन् । कुल ५०४ मत खसेकोमा सिंहले ३४१ प्राप्त गरे ।

लेखकले प्रतिस्पर्धामा उतारेका नवराज जोशीले १५७ मत ल्याएका छन् । सचिवमा पनि साउद पक्षकै विजयी भएका छन् ।

सचिवद्वयमा साउद पक्षका गणेशबहादुर सिंह ३५० र थानेश्वरप्रसाद भट्ट ३३१ मतसहित विजयी भए ।

प्रतिक्रिया