बिहीबार, चैत १५, २०८०

गुडिरहेको बसमा आगालागी हुँदा ४५ जनाको मृत्यु

मेरोन्यूज २०७८ मंसिर ७ गते १२:२७

काठमाडौँ । पश्चिमी बुल्गेरियामा मंगलबार बिहान भएको बस दुर्घटनामा कम्तीमा ४५ जनाको मृत्यु भएको छ । सरकारी समाचार एजेन्सी बीटीएका अनुसार बसमा आगोलागी भएको हो ।

उक्त दुर्घटनामा जलेका सात जनालाई उद्धार गरी राजधानीको आकस्मिक अस्पतालमा लगिएको बताइएको छ । मृत्यु हुनेमा बालबालिकासमेत रहेको गृह मन्त्रालयको अग्नि सुरक्षा विभागका प्रमुखले बताएका छन् ।

सोफियाबाट करिब ४० किलोमिटर दक्षिणमा रहेको राजमार्गमा स्थानीय समयअनुसार दिउँसो २ः०० बजे दुर्घटना भएको हो । दुर्घटनाको कारण पत्ता लाग्न सकेको छैन ।

प्रतिक्रिया