शुक्रबार, चैत १६, २०८०

कांग्रेस नेता बस्नेत अस्पताल भर्ना

मेरोन्यूज २०७८ मंसिर ७ गते १०:२९

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वसञ्चार मन्त्री मोहनबहादुर बस्नेत अस्पताल भर्ना भएका छन् । रुघाखोकी र ज्वरो देखिएपछि उनी सोमबार काठमाडौँको थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका हुन् ।

कांग्रेस अधिवेशनका क्रममा गृह जिल्ला सिन्धुपाल्चोकमा रहेका नेता बस्नेत रुघाखोकी र ज्वरोबाट पीडित भएका थिए । जाँचका क्रममा चिकित्सकको सल्लाहअनुसार अस्पताल भर्ना गरिएको नेता बस्नेतका सञ्चार सहयोगी रामचन्द्र दुलालले जानकारी दिए ।

उनी पार्टीको १४ औँ महाधिवेशन सम्पन्न गर्नका लागि गठित स्वास्थ्य समितिका संयोजकसमेत हुन् ।

प्रतिक्रिया