शुक्रबार, चैत १६, २०८०

दीपेन्द्रको ‘घुइँचो’ मा धमला पत्नी एलिना नायिका

मेरोन्यूज २०७८ मंसिर ६ गते २१:३०

काठमाडौं । दीपेन्द्र लामाको निर्देशनमा चलचित्र ‘घुइँचो’ निर्माण हुने भएको छ ।

सोमवार राजधानीमा पत्रकार सम्मेलन गर्दै आरजे म्यूजिक एन्ड फिल्मले चलचित्र ‘घुइँचो’ निर्माण गर्न लागेको बताएको हो ।

नव–नायक कुन्साङ बोम्जन र अभिनेत्री एलिजा गौतम मुख्य भूमिकामा दखिने भएका छन् । एलिना ऋषि धमलाको पत्नी हुन् । म्यूजिक भिडियो रमेका कुन्साङले यसै चलचित्रबाट नायकको रुपमा डेब्यू गर्नेछन् ।

आरजे म्यूजिक एन्ड फिल्मस्को ब्यानरमा निर्माण हुने चलचित्रका निर्माता रामजी दैलेखी हुन् । आउँदो माघबाट छायांकन गर्ने निर्माण कम्पनीले बताएको छ ।

निर्माता दैलेखीले चलचित्रको कथावस्तु बलियो भएकाले दर्शकलाई मनपर्ने विश्वास ब्यक्त गरे । अभिनेत्री गौतमले कथावस्तु र आफ्नो चरित्र बलियो भएकाले चलचित्रमा काम गर्न तयार भएको बताइन् ।

त्यस्तै, कुन्साङले राम्रो कथावस्तुमा काम गर्नका लागि आफू उत्साहित रहेको बताए ।

म्यूजिक भिडियोमा चकलेटी अवतारमा रुचाइएका उनले यो चलचित्रमा गाउँले युवकको भूमिका निर्वाह गर्दैछन् ।

निर्देशक लामाले चलचित्र सुःख–दुःख, सपना, इमान्दार, बेइमानहरुको घुइँचो रहेको बताए ।

जुम्लाको एक सामान्य परिवारको यूवाको अमेरिकासम्मको यात्राको कथामा चलचित्र बन्नेछ ।

प्रतिक्रिया