शुक्रबार, वैशाख १४, २०८१

पोखरामा कांग्रेस महाधिवेशनको झलक (भिडियो)

काठमाडौं । सोमवार तीनवटै निर्वाचन क्षेत्रमा भएको निर्वाचनले आम निर्वाचनको झल्को दिएको छ ।

सडकदेखि तीनै मतदानस्थलसम्म कांग्रेसका उम्मेदवार र समथर्कहरुले उम्मेदवारको पम्प्लेट भिरेर मतदाता तथा शुभेच्छुकले भोट मागिरहेको दृश्यले आम निर्वाचनको झल्को दिइरहेको थियो ।

उम्मेदवारहरुले पनि नमस्कार गर्दै मतदाता फकाइरहेका थिए भने मोट पनि मागिरहेका थिए । त्यसैगरी सामाजिक सञ्जाललाई पनि भोट माग्ने र प्रचार प्रसार गर्ने थलोको रुपमा भरपुर प्रयोग गरेका थिए ।

केही उम्मेदवारहरुले भने ठूला पम्प्लेट र पोस्टर बनाएर मतदानस्थल अगाडि प्रदर्शन गरिरहेका थिए । जिल्लामा करिब ३ सय बढी उम्मेदवार विभिन्न पदका लागि प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया