शुक्रबार, वैशाख १४, २०८१

‘ए’ डिभिजन लिगः मच्छिन्द्र बिजयी, आर्मी र पुलिस बराबरी

पहिलो चरणको खेल सकियो

मेरोन्यूज २०७८ मंसिर ६ गते २०:३७

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत सोमबार भएको खेलमा साविक विजेता मच्छिन्द्र फुटबल क्लब विजयी भएको छ ।

सोमबार साँझ दशरथ रंगशालामा भएको खेलमा मच्छिन्द्रले न्युरोड टिम (एनआरटी) लाई २–१ गोलले पराजित गरेको हो।

मच्छिन्द्रको जीतमा सुनील बलले दुबै गोल गरे ।

खेलको १२ मिनेटमा पहिलो गोल गरेका सुनिलले दोस्रो हाफको ८० औं मिनेटमा अर्को गोल थपे । पहिलो हाफमा १–० ले पछि परेको एनआरटीका लागि एरिक बिष्टले ५४ मिनेटमा बराबरी गोल फर्काएका थिए ।

सोमवारको दोस्रो खेलसँगै लिगको पहिलो चरणका खेल सकिएको छ ।

शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत सोमबार भएको खेलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबले बराबरी खेलेको थियो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको पहिलो खेलको ५१औं मिनेटमा पुलिसका सन्तोष हेमजनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

तर त्यसको १० मिनेट नबित्दै आर्मीका बिबेक बस्नेतले बराबरी गोल फर्काएका थिए । बाँकी समयमा दुवै टोलीबाट गोलका लागि निरन्तर प्रयास गरे पनि सफल हुन नसक्दा खेल बराबरीमा सकिएको थियो ।

प्रतिक्रिया