सोमबार, जेठ ७, २०८१

कांग्रेस महाधिवेशन : तीन हजार महाधिवेशन प्रतिनिधि छानिँदै

एक सय १५ निर्वाचन क्षेत्रमा अधिवेशन जारी

सञ्जिता खनाल २०७८ मंसिर ६ गते १५:१५

Advertisement

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गतको प्रतिनिधिसभा निर्वाचन अधिवेशन हुँदैछ । आज एक सय ४९ मध्ये एक सय १५ निर्वाचन क्षेत्रमा अधिवेशन जारी छ ।

केन्द्रीय निर्वाचन समितिका अनुसार यी एक सय १५ निर्वाचन क्षेत्रमध्येबाट करिब ३ हजार महाधिवेशन प्रतिनिधि छानिने अनुमान गरेको छ । एक निर्वाचन क्षेत्रबाट क्षेत्रीय सभापतिसहित २६ जना महाधिवेशन प्रतिनिधि छानिने छन् । निर्वाचन समितिका सदस्य गोपाल कृष्ण घिमिरेले दुई रसुवा र सर्लाहीबाहेका सबै जिल्लामा प्रदेशसभा क्षेत्र अधिवेशन जारी रहेको बताए ।

नयाँ नेतृत्व छनोटमा प्रत्यक्ष निर्वाचनबाट महाधिवेशन प्रतिनिधिको ठूलो संख्या आज छानिन्छन् । केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले अल्प संख्यक र अपांगता भएकालाई समावेशी कोटामा समिटिने बताए । उनले भने, ‘आजको प्रदेश सभा क्षेत्रीय अधिवेशनबाट करिब ७० प्रतिशत महाधिवेशन प्रतिनिधि आउने छन् ।’

अबको एक साताभित्र सबै महाधिवेशन प्रतिनिधिको टुंगो लागिसक्ने उनको भनाई छ ।
करिब चार हजार ६ सय प्रतिनिधि सहभागी हुने अनुमान गरिएको छ । जसमा केन्द्रीय कार्य समितिबाट एक सय ३ जना, विदेशस्थित जनसम्पर्क समितिबाट करिब एक सय ५० जना र शुभेच्छुक संघ तथा भातृ संस्थाबाट एक सय २७ जना प्रतिनिधि सहभागी हुने बताइएको छ ।

एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा जिल्ला सभापतिको उम्मेदवार बन्नसमेत महाधिवेशन प्रतिनिधि चुनिनु पर्ने प्रावधान छ  । जिल्लादेखि केन्द्रसम्म आफ्नो पकड बनाउन केन्द्रीय नेताहरूले क्षेत्रीय अधिवेशनलाई महत्वका साथ हेर्ने गर्छन् ।

दसैंअघि २१ मध्ये १४ हिमाली जिल्लाका १४ निर्वाचन क्षेत्रबाट तीन सय ६२ महाधिवेशन प्रतिनिधि छनोट भएका भइसकेका निवार्चन समितिले जनाएको छ । कांग्रेसले आगामी मंसिर १० गते जिल्ला अधिवेशन, मंसिर १६ र १७ गते प्रदेश अधिवेशन र मंसिर २४ देखि २६ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्य तालिका सार्वजनिक गरेको छ ।

सञ्जिता खनाल

मेराेन्यूजकर्मी खनाल राजनीति र स्वास्थ्यसम्बन्धी विषयमा कलम चलाउँछिन् ।

प्रतिक्रिया