शुक्रबार, वैशाख १४, २०८१

उपसचिव पदको लिखित परीक्षा नतिजा सार्वजनिक (नामावालीसहित)

मेरोन्यूज २०७८ मंसिर ६ गते ७:२३

काठमाडौँ । लोक सेवा आयोगले उपसचिव वा सो सरहको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले आइतबार प्रशासन, सामान्य प्रशासनतर्फको लिखित नतिजा सार्वजनिक गरेको हो ।

भदौ ९ र २५ गते लिइएको उपसचिव तहको लिखित परीक्षामा ४४ जना उत्तीर्ण भएका छन् । जसमा खुलातर्फ ७, महिलातर्फ २, आदिवासी जनजातितर्फ २, मधेसीतर्फ १, दलिततर्फ १ जनाको माग भएको थियो ।

कूल १३ जनाका लागि लिइएको लिखित परीक्षामा नौ सय ८५ जना सहभागी भएका थिए । छनौट भएका परिक्षार्थीको यही मंसिरमा अन्तर्वार्ता लिने आयोगले जनाएको छ ।

प्रतिक्रिया