बिहीबार, वैशाख १३, २०८१

गाँजा बेचेको भन्दै अमेजनविरुद्ध मुद्दा दर्ता

मेरोन्यूज २०७८ मंसिर ५ गते १२:०२

काठमाडौँ । भारतको मध्य प्रदेशको भिण जिल्लामा अनलाइन सपिङ सेन्टर अमेजनविरुद्ध मुद्दा दर्ता भएको छ । प्रहरीले कम्पनीका निर्देशकहरूविरुद्ध एनडिपिएस ऐनअन्तर्गत मुद्दा दर्ता गरेको हो ।

त्यहाँको प्रहरीले केही दिनअघि अमेजनले गाँजा बिक्री गरेको भन्दै मुद्दा दर्ता गरेको हो । भिण जिल्लाको प्रहरी एसपी मनोज कुमार सिंहका अनुसार गोहद चौराहा प्रहरीले नोभेम्बर १३ मा अमेजनमार्फत गाँजा ‘होम डेलिभरी’ गरेको खुलासा गरी चार जना अभियुक्तलाई पक्राउ गरेको छ ।

जसमध्ये एक जना खरिदकर्ता थिए । यससँगै प्रहरीले अभियुक्तबाट २१ किलो ७३४ ग्राम गाँजासमेत बरामद गरेको छ । प्रहरीले त्यसको अनुसन्धान गरिरहेको छ । एजेन्सीको सहयोग

प्रतिक्रिया