प्रधानन्यायाधीशले तोके इजलास, आफूलाई राखेनन्
मेरोन्यूज
२०७८ मंसिर ५ गते ११:३७
काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आजका लागि ११ वटा इजलासमा पेसी तोकेका छन् । उनले १० वटा संयुक्त र एउटा एकल इजलासमा पेसी तोकेका हुन् ।
बिहीबार सर्वोच्चको पूर्ण बैठकले गोलाप्रथाबाट पेसी तोक्ने नियमावली संशोधन भई निर्देशिका बने पनि कानून मन्त्रालयले राजपत्रमा प्रकाशित नगरेकाले प्रधानन्यायाधीशले नै पेसी तोकेका हुन् । उनले आफूलाई भने कुनै इजलास राखेका छैनन् ।
करिब एक महिनादेखि नेपाल बार एसोसिएसन र सर्वोच्च बार एसोसिएसनले प्रधानन्यायाधीशको राजीनामा माग्दै आन्दोलन हुँदै आएको छ । यसबीच न्यायाधीशहरूले बन्द्र प्रत्याक्षीकरणबाहेका मुद्दा हेरेका छैनन् । तर, प्रधानन्यायाधीशले सबै प्रकारका मुद्दाको पेसी तोक्दै आएका छन् ।
सम्बन्धित
प्रतिक्रिया