सोमबार, जेठ ७, २०८१

पशुपतिनाथ क्षेत्रमा बाबा रामदेवले गराए योग शिविर (फोटोफिचर)

जुली गिरी २०७८ मंसिर ५ गते ९:२२

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजनामा आइतबार बिहान पशुपति नाथ क्षेत्रस्थित हंशमण्डपमा योग शिविर भएको छ । उक्त शिविरमा मन्त्री प्रेमबहादुर आलेसमेत सहभागी भएका थिए ।

Advertisement

भारतीय योगगुरु रामदेव तथा आचार्य बालकृष्णको उपस्थितिमा योग शिविर सञ्चालन भएको थियो । शिविर पश्चात् योगगुरु रामदेव तथा आचार्य बालकृष्ण नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत भारत प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

योगगुरु रामदेवले शनिबार बिहान चन्द्रागिरिमा योग ध्यान तथा योग प्रशिक्षण गराएका थिए । उनीहरी बिहीबार नेपाल आएका थिए ।

जुली गिरी

मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।

प्रतिक्रिया