शुक्रबार, चैत १६, २०८०

दरबन्दी नै नभएको ठाउँमा डिआइजीको सरुवा

मेरोन्यूज २०७८ मंसिर ५ गते ८:४७

काठमाडौँ । नेपाल प्रहरीका तीन जना प्रहरी नायव महानिरीक्ष (डिआइजी)को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले डिआईजीहरू मुकुन्द आचार्य, प्रकाश अधिकारी र वसन्त लामालाई सरुवा गरेको हो ।

कार्य सम्पादन फितलो भएको आरोपमा लुम्बिनी प्रदेशमा कार्यरत आचार्यलाई हटाइएको छ । उनको ठाउँमा अधिकारीलाई पठाइएको छ । यसअघि अधिकारी प्रहरी प्रधान कार्यालयमै कार्यरत रहेका थिए । अधिकारीको ठाउँमा लामालाई ल्याइएको छ ।

यस्तै, आचार्य डिआइजीको दरबन्दी नै नभएको लागू औषध नियन्त्रण ब्यूरो कोटेश्वरमा सरुवा गरिका छन् ।

प्रतिक्रिया