बिहीबार, वैशाख १३, २०८१

बिपन्न बालबालिकालाई कँडेलले गरे स्टेशनरी सहयोग

प्रेम कडेल २०७८ मंसिर ३ गते २२:०६

चितवन । नवलपरासीपूर्व गैंडाकोट नगरपालिका वडा नं १ घर भई हाल अष्ट्रेलिया निवासी विवेक कंडेलले नारायणी माध्यमिक विद्यालयमा अध्ययन गर्ने गरिव तथा विपन्न परिवारका बालबालिकाहरुलाई अतिरिक्त पाठ्यपुस्तक तथा स्टेशनरी सामाग्री वितरण गरेका छन् ।

विद्यालयमा आयोजित एक कार्यक्रमकाबीच विवेकका पिता प्रमानन्द कंडेल र माता कमला कंडेलले अति गरिव विपन्न २५ जना विद्यार्थीहरुलाई चौविस हजार बराबरको पाठ्यपुस्तक तथा स्टेशनरी प्रदान गरेका हुन् ।

स्टेशनरी सहयोग गर्दै कडेलले नारायणी माध्यमिक विद्यालयमा अति विपन्न विहान बेलुकाको छाक टार्न पनि मुस्किल पर्ने परिवारका विद्यार्थी अध्ययन गरेको पाएकोमा आगामी दिनमा सहयोग गर्ने प्रतिवद्धता जनाए ।

बालबालिकाको पढ्न पाउने अधिकार संरक्षणका लागि सबैलाई सहयोग गर्न पनि उनले अपिल गरे ।

विपन्न बालबालिकालाई सहयोग गरिएको विद्यालयका प्रधानाध्यापक मिलन कंडेलले बिवेक परिवारप्रति आभार ब्यक्त गरे ।

गैंडाकोट वडा नं ७ मा रहेको नारायणी माध्यमिक विद्यालयमा अति विपन्न गरिब परिवारका चार सय जना विद्यार्थीहरु अध्ययनरत छन् ।

प्रतिक्रिया