मंगलबार, वैशाख ११, २०८१

‘फ्रि भिसा र फ्रि टिकट’ कार्यान्वयन नगर्नेलाई कारबाही गर्ने सरकारको चेतावनी

श्रम सूचना बैंक दुई हप्ता भित्र सञ्चालन

मेरोन्यूज २०७८ मंसिर ३ गते १८:४९

काठमाडौं । सरकारले ‘फ्रि भिसा र फ्रि टिकट’ कार्यान्वयन नगर्नेलाई कारबाही गर्ने भएको छ ।

शुक्रवार वैदेशिक रोजगारको वर्तमान अवस्था र सुधारको प्रतिवद्धता विषयक कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले ‘फ्रि भिसा र फ्रि टिकट’ भन्ने नारालाई लागू नगर्नेहरुलाई कानूनी कारबाहीको दायरामा ल्याउने बताए ।

उनले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई परिमार्जन गर्ने पनि बताए । मन्त्री श्रेष्ठले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई परिमार्जन गरेर मर्यादित र व्यवस्थित बनाउने बताए ।

मन्त्री श्रेष्ठले श्रमिकहरुलाई एजेन्टमार्फत् नभइ सिधा म्यानपावरसम्म पु¥याउनका लागि पहल गर्ने बताए । सरकारले श्रमिकहरुको हकहितमा केन्द्रित रहेर केहि विशेष निर्णय गर्न लागेको पनि उनले बताए ।

मन्त्री श्रेष्ठले आफ्नो पहिलो प्राथमिकता श्रमिकहरुको हकहितमा नै हुने बताए । उनले श्रमिकहरुको हकहीत खोस्नेहरुलाई कानूनअनुसार कारबाही गर्ने चेतावनी दिए ।

मन्त्री श्रेष्ठले ठगिएका श्रमिकहरुको कुरा नसुनी कुनै मुद्दा नछिन्ने बताउँदै जतिसुकै दबाव आए पनि श्रमिकको सुरक्षा र हकहितमा लागिरहने प्रतिवद्धता जनाए ।

मन्त्री श्रेष्ठले मलेसियामा वैदेशिक रोजगारका गएका नेपालीहरुको धेरै मृत्यु भएको बताउँदै यसको अनुसन्धान गरेर अघि बढ्ने त्यसतर्फ श्रमिकलाई सचेत गराउने उल्लेख गरे ।

उनले सबैभन्दा ठूलो समस्या भारतमा जाने नेपाली कामदारहरुको भएको भन्दै कामदाहरुले न्यूनतम पारिश्रमिक पाउने व्यवस्थाका लागि पहल गरिरहेको समेत जानकारी दिए ।

मन्त्री श्रेष्ठले तत्काल चाँडै ७ वटा प्रदेशबाट श्रम स्वीकृति दिने व्यवस्था मिलाउने र दोस्रो चरणमा ७५३ वटै पालिकामा यो सेवा शुरु गर्ने पनि बताए ।

मन्त्री श्रेष्ठले श्रम सूचना बैंक दुई हप्ता भित्र सञ्चालन गर्ने र स्वदेशमा रहेका श्रमिकहरुको लागि श्रम अस्पतालको पनि कल्पना गरिरहरेको बताए ।

प्रतिक्रिया