बिहीबार, वैशाख १३, २०८१

कट्रिना र विक्कीको विवाहमा सुरक्षा दिन सय जना बाउन्सर खटिने

मेरोन्यूज २०७८ मंसिर २ गते १०:४१

काठमाडौँ । भारतको जयपुरस्थित होटल सिक्स सेन्सेस बर्वारा फोर्टमा कट्रिना कैफ र विक्की कौशलको विवाह तयारी सुरु भएको छ । बलिउड स्टारको विवाहमा आउनेवाला भिआइपी पाहुनाका लागि रणथम्बोर रोडमा रहेको पाँच तारे ताज र ओबेरोयसमेत बुक गरिएको छ । यी होटलहरूमा करिब एक सय २५ जना विशेष पाहुना रहने छन् ।

सबै पाहुनाहरूलाई जयपुर एयरपोर्टबाट लक्जरी सवारी साधनमा माधोपुर ल्याइने छ । यसका लागि पिक एण्ड ड्रपका लागि कालरा बस सेवा जयपुरको बुकिङ गरिएको समाचारमा जनाइएको छ । यसका साथै विशेष पाहुन ल्याउन लैजान गर्न अडी, बिएमडब्लु र रेञ्ज रोवर कारलगायत सवारी साधन तयार गरिएको छ ।

कट्रिना र विक्कीको विवाहमा कम्तिमा ५० जना कारका ड्राइभर हुने छन् । उनीहरूलाई बस्ने व्यवस्थासहित रणथम्भोरमा गेस्ट हाउसका कोठाहरू बुक गरिएको छ । यस्तै मुम्बईबाट डिजे मगाइएको छ ।

होटल सिक्स सेन्समा ४८ वटा कोठा बुक गरिएको छ । यसमा कट्रिना र विक्कीको परिवारका सदस्य बस्ने छन् । पाहुनाका लागि माधोपुरमा दुई होटल ताज र ओबेरोय बुक गरिएको छ । उनीहरूको विवाहमा आउने भिआइपी पाहुनाको सुरक्षा जिम्मा जयपुरकै एमएच सुरक्षा कम्पनीलाई दिइएको छ । यस क्रममा सुरक्षा कम्पनीले होटलको सुरक्षा गर्न सय जना बाउन्सर तैनाथ गर्ने भएको छ ।

कैट्रिना र विक्कीको विवाह आगामी ७, ८ र ९ गते हुने भएको हो ।

प्रतिक्रिया