सोमबार, जेठ ७, २०८१

सरकारले सार्वजनिक गर्‍यो इ-पासपोर्ट (तस्विरसहित)

पहिलो ई-पासपोर्ट शताब्दी पुरुष सत्यमोहन जोशीलाई प्रदान

जुली गिरी २०७८ मंसिर १ गते १५:५३


Advertisement

काठमाडौं । सरकारले ई पासपोर्ट (विद्युतीय राहदानी) सार्वजनिक गरेको छ । शताब्दी पुरुष सत्यमोहन जोशीलाई पहिलो इ पासपोर्ट वितरण गदै सरकारले विधुतिय राहदानी सार्वजनिक गरेको हो ।

त्रिपुरेश्वरस्थित राहदानी विभागमा बुधबार आयोजित कार्यक्रममा परराष्ट्र मन्त्री डा. नारायण खड्काले शताब्दीपुरुष जोशीलाई ई पासपोर्ट प्रदान गरेर राहदानी सार्वजनिक गरेका हुन् ।

सरकारले मेसिन रिडेबल पासपोर्ट (एमआरपी) लाई विस्थापित गर्ने गरी ल्याएको ई पासपोर्ट बनाउन बुधबारदेखि नै अनलाइन बुकिङको व्यवस्था गरेको राहदानी विभागका महानिर्देशक डोरनाथ अर्यालले जानकारी दिए । संसारमै अब नेपालको राहदानी विश्वासयोग्य हुने उनले उल्लेख गरे।

विद्युतीय राहदानी एडभान्स र व्यवस्थित हुने समेत उनले बताए। अब अनलाइनबाटै मिति र समय बुकिङ गरेर लिन सक्ने हुँदा सेवाग्राही लाइन बस्न नपर्ने महानिर्देशक अर्यालले जानकारी दिए।

यसलाई थप सुरक्षित गर्न राष्ट्रिय परिचयपत्रसँग आवद्ध गरिएको समेत उनले बताएका छन् ।

जुली गिरी

मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।

प्रतिक्रिया