सोमबार, जेठ ७, २०८१

बारको आज पनि प्रदर्शन, ३ गतेभित्र राजीनामा दिन प्रधानन्यायाधीशलाई अल्टिमेटम

जुली गिरी २०७८ मंसिर १ गते ११:०४

काठमाडौँ । नेपाल बार एशोसिएशनले आज पनि विरोध प्रदर्शन गरेको छ । बारको नेतृत्वमा कानून व्यवसायीहरुले सर्वोच्च अदालत अगाडि विरोध प्रलर्शन गरेका हुन् । प्रदर्शनमा कानून व्यवसायी र प्रहरीबीच धकेलाधकेल भएको थियो । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग गर्दै २५ दिनदेखि जारी बारको आन्दोलनले सर्वोच्चको नियमित काम प्रभावित हुँदै आएको छ ।

Advertisement

यस्तै बारले प्रधानन्यायाधीश जबरालाई मंसिर ३ गतेभित्र राजीनामा दिन अल्टिमेटम दिएको छ । बारको प्रदर्शनमा बोल्दै अध्यक्ष चण्डेश्वर श्रेष्ठले मंसिर ३ गतेभित्र राजीनामा नदिए देशभरका उच्च अदालतमा पनि विरोध प्रदर्शन गर्ने चेतावनी दिए । यस्तै बारले प्रधानन्यायाधी जबराले गरेका विवादस्पद फैसालको अध्ययन गर्ने जनाएको छ ।

जुली गिरी

मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।

प्रतिक्रिया